Search This Blog

Loading...

Tuesday, April 10, 2012

श्री भैरबनाथनाथ र बिस्केत जात्रा

भक्तपुरको बिस्केतजात्रा संग सम्वन्धित एउटा किम्वदन्तिकुरा उहिले उहिले धेरै बर्ष अघिको हो । त्यो बेला संसारमा कहिं नभएको अद्भुत लिङ्गो उभ्याउने जात्रा बिस्केत जात्रा भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि हुन्छ भन्ने खवर पाइ काशिका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिइ यस्तो अद्भुत जात्रा हेर्न भनि भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा अजङ्गको लामो काठको लिङ्गोलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा डोरीले आठकुनावाट असंख्य मानिसहरुले होस्ते हैंस्से गरी तानि उभ्याए । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो । जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्नमै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो ।

Tuesday, September 27, 2011

ब्रिफकेश


ब्रिफकेश लुछियो । च्यातियो । ब्रिफकेश हैन इज्जतै लुछिएको महशुस भो । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा देशकै बदनाम भो । जसरी द्रोपदीलाइ राज्य सभामा आफ्नो वस्त्र लुछिंदा शर्मले मुख लुकाउनै ठाउँ नपाएको थियो त्यस्तै भएको थ्यो त्यो दिन

Friday, July 22, 2011

गथांमुगः र घण्टाकर्ण एकै होइन



गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । उ अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।

Wednesday, February 9, 2011

सगँ (सगुन)



विश्वमा हरेक जातजातिको आ-आफ्नै तरिकाको रिति-रिवाज, कला संस्कृति अनि परम्पराहरु हुन्छन् । चाहे त्यो पपुआन्युगीनीको जंगली समाजमा होस् या अमेरीकाको विकसित समाजमा आ-आफ्नै पाराको संस्कृति त जुनसुकै समाजको पनि भई नै हाल्छ यस्मा कुनै शंका नै छैन । यस्ता हरेक परम्पराहरुको आ-आफ्नै प्रकारको हतिहाँस र महत्व हुन्छ । यस्ता परम्पराहरु कुनै बेतुकका हुन्छन् भने कुनै अति नै तार्किक हुन्छन् । यस्तै एक परम्परा हो नेवार समाजमा "सगँ" दिने परम्परा 

Monday, January 31, 2011

नेपालका सबै भाषाहरु नेपाली भाषा हो



हालसालै तिहार अघि एक उच्चस्तरीय राजनैतिक कार्यदलको वैठकले देवनागरी लिपीको नेपालीभाषा(?)लाई सरकारी काम काजको भाषा वनाउने सहमति गर्यो ।के यहाँ नेपाली भाषा भनेर खस भाषालाई भन्न खोजेको हो ? स्पष्ट छैन । यदि हो भने अझै पनि नेपालमा खस संप्रभुत्वता कायमै रहेको छ भन्ने प्रमाणित हुन्छ । यो लोकतान्त्रिक सरकार संग पञ्चायत कालिन मानसिकता अझै पनि वाँकि रहेछ भन्ने प्रमाणित हुन्छ । नेपालमा एउटैमात्र यस्तो भाषा छ जो आफ्नो मौलिक स्वनाममा भन्दा अन्य अरुको नाम धारण गर्दामा गर्वता महशुस गर्दछ ।